site stats
बाह्रखरी :: Baahrakhari
देश
छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काँक्रेविहार (सुर्खेत) । दैलेखको महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १४ वर्षीया भावना बुढा र १६ वर्षीया सपनाकुमारी बुढाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए । बाख्रा चराउन गएका उनीहरूको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्