site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुपाल्चोक र काठमाडौंमा भारी वर्षा
फाइल तस्बिर । 

काठमाडौं । सिन्धुपाल्चोक र काठमाडौंमा भारी वर्षा भएको छ । काठमाडौं केही र सिन्धुपाल्चोकका विभिन्न स्थानमा गएराति भारी वर्षा भएको हो । 

सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, ढुंगे र आसपास भारी वर्षा भएको हो । थप वर्षा हुने सम्भावना रहेकाले मेलम्ची, इन्द्रावती र यसका सहायक नदीहरूमा आकस्मिक बहावको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिमको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

काठमाडौंको बूढानीलकण्ठ, ककनी, सुन्दरीजल र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ । वाग्मती, धोवी खोला, विष्णुमती नदीमा जलसतह खतराको तह पार गरेको छ । त्यसैले नदीको तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचा स्थानमा रहनेहरूले उच्च सतर्कता अपनाउनुपर्ने विभागले बताएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०६:१९
प्रतिक्रिया दिनुहोस्