site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भ्रमको यात्रा

यहाँको प्रत्येक बाटो
तिमीसम्म नै पुग्छन्
र पनि म सधैँ बाटो छान्ने द्विविधामा छु

गन्तव्य पुग्न हतार भएर पनि
उभिएको छु कतै एक छेउ
दोबाटा, चौबाटा र सातदोबाटोहरू 
मलाई बेस्कन भ्रम छरिदिन्छन्

आँखैअघिको बाटो नचिनेर
मानिसहरू यसरी नै यात्राबाट फर्कंदा रहेछन् 
र, अन्तर्मनको यात्रा गरेर सन्न्यास ग्रहण गर्दा रहेछन् 

फेरि तिनै स्वामीहरू, गुरुहरू, प्रव्राजकहरू 
अग्लो मञ्चमा बसेर 
मानिसलाई जीवनको पाठ पढाउँदा रहेछन् ।
(२०७७ मंसिर २०)
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०४:५१
प्रतिक्रिया दिनुहोस्