site stats
बाह्रखरी :: Baahrakhari
देश
विष्णुमती नदीको जलसतह खतराको तहभन्दा माथि 
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको विष्णुमती नदीको जलसतहले खतराको तह पार गरेको छ । गोंगबु जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ । 

काठमाडौंमा बिहीबार बेलुकादेखि नै वर्षा भइरहेको छ । काठमाडौंको केही स्थानमा भारी वर्षा समेत भएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०५:५३
प्रतिक्रिया दिनुहोस्