site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी माेर्चाकाे निष्कर्ष : कांग्रेस–एमाले सरकार पश्चगमनकाे यात्रा

काठमाडौँ । समाजवादी मोर्चाले नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकारलाई 'पश्चगमनको यात्रा'का रूपमा व्याख्या गरेको छ ।

मंगलबार अपराह्न नेकपा (एकीकृत समाजवादी)को कार्यालय आलोकनगरमा बसेको बैठकले कांग्रेस–एमालेको गठबन्धनलाई 'पश्चगमनको यात्रा' भनेर निष्कर्ष निकालेको हो ।

बैठकले प्राप्त उपलब्धिहरूकाे रक्षा गर्दै बाँकी उपलब्धि हासिल गर्ने सन्दर्भमा अर्काे बैठकले तय गर्ने निर्णय गरेको नेता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

आजैदेखि नेपाल समाजवादी पार्टी (नेसपा)काे अध्यक्ष महिन्द्रराय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठ पक्ष समाजवादी मोर्चामा समेटिएको छ । आजकै बैठकले श्रेष्ठलाई सचिवालय सदस्यमा थप गरेको छ ।

यसअघि सचिवालय सदस्यमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल र नेपाल कम्युनिस्ट पार्टीका नेता खडगबहादुर विश्वकर्मा थिए ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १९:४६
प्रतिक्रिया दिनुहोस्