site stats
बाह्रखरी :: Baahrakhari
देश
सिमलताल दुर्घटना : १७ जनाको शव भेटियो,  आठको सनाखत हुन सकेन

काठमाडौं । सिमलताल बस दुर्घटनामा बेपत्ता भएकामध्ये १७ जनाको शव भेटिएको छ । मंगलबार साँझसम्म १७ जनाको शव भेटिएको खोजतलासमा खटिएको सशस्त्र प्रहरी बलले जनाएको छ । उनीहरूमध्ये ९ जनाको मात्र सनाखत भएको छ । बाँकी ६ पुरुष र दुई महिला गरी आठ जनाको सनाखत हुन बाँकी छ ।

असार २८ वीरगन्जबाट काठमाडौंका लागि छुटेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा ३८ जना सवार थिए । काठमाडौंबाट गौरका लागि छुटेको वाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा २७ जना सवार थिए । 

दुवै बस गरी कुल ६५ यात्रु सवार थिए । जसमध्ये गणपति बसमा सवार तीनजना बाँच्न सफल भएका थिए । उनीहरूमध्ये रौतहटको गरुडा नगरपालिकाका जुगेश्वरराय यादव र सरोजकुमार गुप्ता डिस्चार्ज भइसकेका छन् । रौतहटकै देवाही बनाही नगरपालिकाका नन्दस दासको उपचार भइरहेको छ ।

Sim1-1721136739.jpg

Sim2-1721136740.jpg

Sim3-1721136740.jpg

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १९:१४
प्रतिक्रिया दिनुहोस्