site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आगामी रणनीति तय गर्न समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । अपराह्न ४ बजे नेकपा (एकीृकत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो । 

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ । समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ । 

समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।

यसअघि, समावेश जनता समाजवादी पार्टी, नेपाल फुटपछि समाजवादी मोर्चामा छैन । जसपा नेपालले समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्