site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा असारकेन्द्रित विकास र भुक्तानी निरुत्साहित गरिने

विराटनगर । कोसी प्रदेशमा असारकेन्द्रित कार्यक्रम र त्यसको अधिक हुने भुक्तानी निरुत्साहित गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । आर्थिक वर्षको अन्तमा मात्र कार्यक्रम गर्ने गरिएको आलोचनापछि प्रदेश सरकारले साउन महिनादेखि नै बजेट कार्यान्वयन गराउने तयारी गरेको हो ।

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असारे विकास र भुक्तानी निरुत्साहित पार्न प्रदेशका प्रमुख सचिवसँग सोमबार कार्यसम्पादन सम्झौता गरेका छन् । प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०७६ र नियमावली, २०७७ बमोजिम मुख्यमन्त्री कार्कीले साउन १ गतेदेखि नै लागु हुने गरी कार्यसम्पादन सम्झौता गरेका हुन् ।

प्रदेश सरकारका मन्त्रीहरूलाई समेत सहभागी गराई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव केदारनाथ शर्मासँग उनले कार्यसम्पादन सम्झौता गरे ।

मुख्यमन्त्री कार्कीले साउन १५ भित्र सबै मन्त्रीलाई सचिवसँग र सचिवले मातहतका कार्यालय प्रमुख र महाशाखा प्रमुखसँग सम्झौता गर्न निर्देशन दिएका छन् । सबै सचिवहरूलाई साउन १५ भित्रै कार्ययोजना बनाउन र एक करोड रुपैयाँभन्दा माथिका योजना कार्यान्वयनमा लैजान पनि उनले निर्देशन दिए ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्