site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीले प्रधानमन्त्रीको शपथ लिएपछि अमेरिकी राजदूतले भने– नयाँ सरकारसँग काम गर्न तत्पर छौँ 

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले नयाँ सरकारसँग काम गर्न अमेरिका तत्पर रहेको बताएका छन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रधानमन्त्रीको शपथ लिएपछि राजदूत थम्पसनले सामाजिक सञ्जाल एक्समार्फत उक्त कुरा बताएका हुन् । 

नेपालको प्रधानमन्त्री भएकोमा ओलीलाई बधाई दिँदै राजदूतले लेखेका छन्, “७७ वर्षदेखिको साझेदारीलाई थप मजबुत बनाउन हामी नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर छौँ ।” 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्