site stats
बाह्रखरी :: Baahrakhari
खेल
आसिफ सेख बने इलाइट मुभर्सको ब्रान्ड एम्बासडर

काठमाडौं । नेपाली क्रिकेट टोलीका ओपनिङ ब्याटर आसिफ सेख इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरमा अनुबन्धित भएका छन् । शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै इलाइटले उनलाई आफ्नो सद्भावना दूतको रूपमा सम्झौता गरेको हो ।

कार्यक्रममा शैक्षिक परामर्श संघ (ईक्यान)का अध्यक्ष शेषराज भट्टराई, नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष कुमार सिंह, ईक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, वरिष्ठ क्रिकेट प्रशिक्षक जगत टमाटा, ईक्यानका उपाध्यक्ष लक्ष्मण पौडेल, पूर्वराष्ट्रिय फुटबल खेलाडी भोलानाथ सिलवाल लगायतको उपस्थिति थियो । क्रिकेटर आशिफले इलाइटको ब्रान्ड एम्बासडर बनेकोमा खुसी व्यक्त गरे । उनले खेलाडीको मनोबल बढाउनको लागि इलाइटले चालेको कदमप्रति आभारी रहेको धारणा राखे ।

Argakhachi Cement Island Ad

इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सी र आसिफ सेखको बीचमा हाललाई दुई वर्षको लागि सम्झौता रहेको छ । आपसी समझदारीमा यो अवधि थप लम्ब्याउने इलाइटले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै ईक्यानका अध्यक्ष शेषराज भट्टराइले इलाइट मुभर्सले छोटो समयमा शैक्षिक परामर्श दाताको रूपमा विद्यार्थीहरूको मनमा बस्न सफल भएको र आशिफ शेखलाई ब्रान्ड एम्बासडर बनाएर नयाँ उचाइ हासिल गरेको बताए ।

इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीका चेयरमेन उद्धव बनले यस सम्झौताले आफूहरूलाई हौसला मिलेको र राष्ट्रका गहना खेलाडीहरूलाई यस किसिमको पहलले आर्थिक रूपमा सबल हुन पनि मदत पुग्ने बताए । साथै आगामी दिनमा पनि अन्य खेलकुदका खेलाडीसँग पनि यसरी नै सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

क्यानका उपाध्यक्ष रोशनकुमार सिंहले यस्ता सझौताले क्रिकेट खेल र खेलाडीलाई व्यावसायिकताको बाटोमा फाइदा हुने राय दिए । कार्यक्रमका अन्य वक्ताहरूले आशिफ सेख र इलाइट मुभर्सलाई शुभकामना दिएका थिए ।

कार्यक्रमको अवसर पारेर क्रिकेट प्रशिक्षक जगत टमाटालाई उनको योगदानको कदर गर्दै दोसल्ला र सम्मानपत्रले चेयरमेन बन र ईक्यानका अध्यक्ष भट्टराइले सम्मान गरेका थिए । यो सम्मानप्रति प्रशिक्षक टमाटाले खुसी व्यक्त गरे ।‌

विदेश पढ्न जाने विद्यार्थीहरूको आवश्यकतालाई ध्यान दिँदै विगत पाँच वर्षदेखि इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सी काठमाडौंले परामर्शदाता को रूपमा सहजीकरण गर्दै आइरहेको छ । देशका प्रमुख सहरबाट पनि सेवा विस्तार गरेको यस संस्थाको हालै मात्र अष्ट्रेलियाको न्यु साउथ वेल्सबाट पनि आफ्नो सेवा विस्तार गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्