site stats
बाह्रखरी :: Baahrakhari
देश
बाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित
पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-३, मौवाखोला नजिकै बिहीबार बिहान पहिरो खसेर सडक अवरुद्ध बनेपछि डोजरको सहायताले पहिरो पन्छाइँदै । तस्बिर : हीरालाल गुरुङ/रासस

काठमाडौं । बाढीपहिरोका कारण देशभर १३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्यांकअनुसार आज १३ सडकखण्ड पूर्ण रूपमा तथा ११९ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । 

विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बीपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल (मध्य पहाडी) राजमार्गलगायत ११९ सडकखण्डमा एकतर्फी रूपमा यातायात सेवा सञ्चालन भएको छ । डुम्रे–बेँसीसहर–चामे, विराटनगर–इटहरी धरान, तानसेन–रिडी–कोरालालगायत सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् ।

जल तथा मौसम विज्ञान विभागले आगामी शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको उच्च जोखिम रहेको जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्