
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले बुधबार पेरिसमा आयोजित ग्यालेक्सी अनप्याक्डमा आफ्नो नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ सार्वजनिक गरेको छ ।
फोनसँगै कम्पनीले ग्यालेक्सी बड्स ३ र ग्यालेक्सी बड्स ३ प्रो पनि सार्वजनिक गरेको छ ।
सामसङले यस वर्षको सुरूमा ग्यालेक्सी एआईसहित मोबाइल एआई सुरु गरेको थियो ।
नयाँ ग्यालेक्सी जेड सिरिज जेड फोल्ड ६ र फ्लिप ६ ले एआई क्षमतालाई थप सशक्त बनाएको कम्पनीले जनाएको छ ।
यी फोनमा फोल्डेबल फर्म फ्याक्टर र मोबाइल एआई युगको सुरुआत गर्दै दुई परिपूरक प्रविधिलाई एकसाथ ल्याएको सामसङ इलेक्ट्रोनिक्सको मोबाइल अनुभव व्यवसायका अध्यक्ष र प्रमुख टीएम रोले भनेका छन् ।
ग्यालेक्सी जेड सिरिज सबैभन्दा स्लिम (पातलो) र हलुका रहेको कम्पनीले जनाएको छ । ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ दुवैमा स्न्यापड्रागन ८ जेन ३ चिप छ ।