site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हामीलाई सम्हालेर लैजाने ओलीले हो, कांग्रेसलाई हेप्न थाले समस्या आउँछ : गगन थापा  
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेससहितको गठबन्धन सम्हालेर सरकार चलाउने जिम्मेवारी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भएको बताएका छन् । 

बिहीबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेस गठबन्धनमा बस्दा सजिलो दल हुने बताए । तर, धेरै हेप्न–पेल्न थाले कांग्रेस अप्ठ्यारो दलमा परिणत हुने उनको भनाइ थियो । 

Argakhachi Cement Island Ad

“कांग्रेस संसद्को सबैभन्दा ठूलो पार्टी हो । ३३२ पालिकामा मेयर भएको, २६६८ वडामा वडाध्यक्ष, सात प्रदेशमध्ये बहुसंख्यक प्रदेशमा बहुमत बोकेको पार्टी हो नेपाली कांग्रेस,” उनले भने, “त्यसकारण सत्ता सहकार्य गर्दा कांग्रेसको इज्जत, सम्मान राखेर जानुपर्छ भन्ने कुराको हेक्का हिजो जसरी गिरिजाप्रसादले राख्नुभयो, सुशिल कोइरालाले राख्नुभयो आज त्यो हेक्का राख्ने काम केपी शर्मा ओलीको हो ।”

उनले त्यो हेक्का ओलीले ठिक ढंगले राख्न सके समस्या नआउने भन्दै आफैँले धेरै र एक्लै गर्छु भने समस्या आउने जिकिर गरे । 

“हामीबाट जालझेल केही पनि हुँदैन । हिजोमात्र कार्यसम्पादन समिति बैठक बसेर कांग्रेस–एमाले सहमति अनुमोदन गरेका छौँ,” उनले भने, “सहमतिमा लेखिएको एउटा कुरामा पनि कांग्रेस तलमाथि हुँदैन । सहमतिको अक्षरस पालना हुने, नहुने कुरा हामीमात्र इमान्दार भएर हुँदैन । त्यति नै इमान्दार एमालेको नेतृत्व पनि हुनुपर्छ र हुन्छ भन्ने अपेक्षा पनि छ ।”

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्