site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारमा सहभागी हुन माधव नेपाललाई देउवाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल भएको एकीकृत समाजवादीका नेता आलोक रायमाझीले जानकारी दिए ।

सभापति देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले)बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष नेपाललाई जानकारी दिँदै त्यसमा सामेल हुन प्रस्ताव गरेको नेता रायमाझीले बताए ।

उनका अनुसार अध्यक्ष नेपालले सभापति देउवाले गरेको प्रस्तावमाथि पार्टीमा छलफल गरेर जानकारी दिने बताएका छन् । रासस
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  २१:४३
प्रतिक्रिया दिनुहोस्