site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हामीलाई थाहै नदिई प्रधानमन्त्रीले वैकल्पिक सरकारको बहस चलाउनुभयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैकल्पिक सरकारको बहस चलाएको आरोप लगाएको छ ।

मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूको प्रश्नमा नेता प्रदीप ज्ञवालीले सत्ता साझेदार दललाई कुनै जानकारी नदिएर प्रचण्डले वैकल्पिक सरकारको बहस चलाएको बताए ।

"बहालवाला प्रधानमन्त्री स्वयंले वैकल्पिक सरकारकाे बहस चलाउनुभयाे, सत्तारूढसँग छलफल नगरी । प्रमुख पिपक्षीबाट प्रस्ताव भयाे भनी थाहा पाउनुपर्‍यो," ज्ञवालीले भने ।

उनले गत फागुन २१ गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेले ब्ल्याङ्क चेकमा सही गरेजस्तो गरी सहयोग गरेको पनि बताए ।

"उहाँले अहिलेसम्म एमालेजस्तो रचनात्मक सहयाेगी पाउनुभएकाे थिएन हाेला । नीति कार्यक्रम, बजेटले रिजर्भेसन भए नि पास गर्‍यौँ," उनले भने ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्