site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आरजु राणाको गुनासो– कृषि समितिलाई सरकारले विधेयक नै दिएन
फाइल तस्बिर ।

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले कृषि समितिमा सरकारले विधेयकहरू दिन नसकेको गुनासो गरेकी छन् ।

मंगलबार बसेको समितिको बैठकमा सभापति राणाले समितिमा सरकारले विधेयकहरू दिन नसक्दा काम गर्ने इच्छा हुँदा पनि काम गर्न नपाएको बताइन् । उनले कृषि समितिका सदस्यहरू काम गर्न तयार भए पनि समितिमा एउटा पनि विधेयक नभएको बताइन् ।

"कर्मचारी समायोजनमा आएका अप्ठेराहरू छन् । समायोजन गरेर जाने विषयमा निर्देशन गर्छौं । त्यस्तै, कानुन मन्त्रालयलाई पशु कल्याण अधिकारसँग सम्बन्धित कानुनको तर्जुमा तदारुकता देखाउन आग्रह गर्छौं । कृषि समितिका सदस्यहरू काम गर्न तयार छन्, तर समितिमा एउटा पनि विधेयक छैनन् । कृषि सम्बन्धी समितिमा आए चाँडै बनाएर पठाउने थियौँ," उनले भनिन् ।

उनले सरकारले कृषि वस्तु मुलुकमा उत्पादन हुने र बाहिरबाट आयात हुने समय अवधिको पहिचान गरी त्यही अनुसार आयात गर्ने नीति अपनाउन आवश्यक रहेको बताइन् ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्