site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो ३ बजेर ५ मिनेट जाँदा सडक एकतर्फी अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

सडकखण्ड अन्तर्गत जलविरेमा ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो । दुईतर्फी खुलाउने प्रयास भइरहेको जनाइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्