site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नयाँ सरकारमा सहभागी हुने/नहुने निर्णय गर्दै रास्वपा 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक केही समयपछि सुरु हुने बताइएको छ । 

सिंहदरबारमा बस्ने बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । नयाँ सत्ता समीकरण बन्ने भएसँगै सो बारेमा पनि छलफल हुने बताइएको छ । 

राष्ट्रिय सहमतिको सरकार बनाउने नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएसँगै उक्त  सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने निर्णय पनि बैठकले गर्ने बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्