site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवाको ब्रिफिङ– ओलीले चिया खान बोलाउनुभयो, सौहार्दपूर्ण कुराकानी भयो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भेटका लागि बोलाएको र सकारात्मक कुराकानी भएको ब्रिफिङ गरेका छन् । 

आफ्नै निवास बूढानिलकण्ठमा नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका देउवाले ओलीसँगको भेटबारे ब्रिफिङ गरेका हुन् ।

“ओलीले चिया खान बोलाउनुभयो, सौहार्दपूर्ण कुराकानी भएको छ र हाम्रो सम्बन्ध सुमधुर भएको छ भनेर सभापति देउवाले बैठकमा बताउनुभयो,” नेपाली कांग्रेसका प्रचारविभाग प्रमुख मीन विश्वकर्माले भने, “त्यसबाहेकका विषय उहाँले बताउनुभएको छैन ।” 

पत्रकारले सत्ता परिवर्तनको खेल भयो भनिँदैछ नि भन्ने प्रश्नमा उनले त्यस्ता अनुमान लगाइए पनि देउवाबाट भएको ब्रिफिङ त्यतिमात्र भएको बताए ।
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्