site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल भित्रने पर्यटकको संख्यामा २२.३६ प्रतिशतले वृद्धि
फाइल तस्बिर ।

काठमाडौं । सन् २०२५ को पहिलो ६ महिनामा नेपाल भित्रने पर्यटकको संख्यामा २२.३६ प्रतिशतले वृद्धि भएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ को पहिलो ६ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा उक्त संख्यामा नेपाल आउने पर्यटकको संख्या वृद्धि भएको हो । 

सन् २०२४ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा नेपालमा कुल पाँच लाख ८३ हजार १९ जना पर्यटक भित्रिएका छन् । सन् २०२३ को सोही अवधिमा चार लाख ७६ हजार ४७० पर्यटक भित्रिएका थिए । 

Argakhachi Cement Island Ad

सन् २०२३ को पहिलो ६ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा नेपालमा एक लाख ६ हजार ५४९ पर्यटक घुम्नको लागि आएको देखिन्छ । 

कुनै पनि वर्षको पहिलो ६ महिनामा सबैभन्दा बढी पर्यटक यस वर्ष नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ । यसअघि सबैभन्दा बढी पर्यटक सन् २०१९ को पहिलो ६ महिनामा नेपाल भित्रिएका थिए । उक्त वर्ष सुरुको ६ महिनामा पाँच लाख ३६ हजार ५८ जना पर्यटक नेपाल घुम्न आएका थिए । 

अध्यागमनका अनुसार सन् २०२४ को जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२७, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६, मेमा ९० हजार २१३ र जुनमा ७६ हजार ७३६ पर्यटक नेपाल आएका छन् । 

सन् २०२३ को जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २४४, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मेमा ७७ हजार ७०३ र जुनमा ७२ हजार २५० जना पर्यटक नेपाल आएका थिए । 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्