site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लाका नदीमा आकस्मिक बाढीको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका केही नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, सिन्धुली, मकवानपुर, धनुषा, महोत्तरी, सर्लाही, लमजुङ, स्याङ्जा, कास्की र पर्वत भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती जिल्ला भई बहने केही साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने अनुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

यस्तै, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, गोरखा, म्याग्दी, पाल्पा, चितवन, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर भई बहने साना नदीमा पनि बहाव बढ्ने सम्भावना छ । 

अबका तीन दिन कोसी र यसका प्रमुख सहायक नदीहरू तमोर, अरुण, तामाकोसी, दूधकोसी र सुनकोसीमा जलसतह उल्लेख्य बढ्ने अनुमान छ । कन्काई, नारायणी, कर्णाली, वाग्मती र यसका प्रमुख सहायक नदीहरूको जलसतह पनि उल्लेख्य बढ्ने हुने अनुमान छ ।

कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह समेत उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ ।

b1-1719805161.JPGb2-1719805174.JPG
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०९:२४
प्रतिक्रिया दिनुहोस्