site stats
बाह्रखरी :: Baahrakhari
देश
असई थमन विक हत्या अभियोगमा जन्मकैद सजाय पाएका पूर्वसांसद यादव पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा दोषी ठहर पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । यादवलाई शनिबार (हिजो) महोत्तरीको साम्सी गाउँपालिकाबाट पक्राउ गरिएको मधेस प्रदेश प्रहरीका प्रमुख एवं डीआईजी यज्ञविनोलद पोखरेलले जानकारी दिए ।

असई विकको हत्या अभियोगमा महोत्तरी जिल्ला अदालतले गएको मंसिरमा यादव, लोसपाका मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सातजनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

यादव ०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी–४ ‘क’ को प्रदेश सांसद निर्वाचित भएका थिए । मधेस आन्दोलनका क्रममा ०७२ भदौ २५ गते डिउटीमा खटिएकै बेला असई विकको हत्या गरिएको थियो ।

उक्त मुद्दामामा २८ जनालाई प्रतिवादी बनाएर ०७५ मा मुद्दा दायर गरिएको थियो । विककै हत्यामा जोडिएका नेकपा (एमाले)का सांसद लक्ष्मी कोइरीले भने सफाइ पाएका थिए ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्