site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपालले भने– गुटबन्दी नहोस् भन्नेमा सचेत छौँ 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने बताएका छन् । 

पार्टीको महाधिवेशनको सन्दर्भ पारेर शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीका सबै नेता, कार्यकर्ताले महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएको बताए । 

अध्यक्ष नेपालले महाधिवेशनको तयारीको काम अन्तिम चरणमा पुगेको भन्दै कम खर्चमा महाधिवेशन सम्पन्न गर्ने दाबी गरे । 

उनले नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसर हावी भएको उल्लेख गर्दै त्यसबाट पार्टीलाई जोगाएर अघि बढ्न आवश्यक रहेको बताए । 

अध्यक्ष नेपालले पार्टीको महाधिवेशनमा छलफल हुने भएकाले भेटघाट र वार्तालाप हुनु स्वभाविक भएको स्पष्ट पारे । उनले पार्टीमा गुटबन्दी नहोस् भन्नेमा आफूहरू सचेत रहेको बताए ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्