site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युरोपेली आयोगमा फेरि उर्सुला

ब्रसेल्स । युरोपेली संघ (ईयू)ले युरोपेली आयोगको प्रमुखमा दोस्रो पाँचवर्षे कार्यकालका लागि उर्सुला भोन डेर लियेनलाई मनोनीत गरेको छ । ब्रसेल्समा भएको शिखर सम्मेलबाट उनलाई मनोनीत गरिएको हो ।

इस्टोनियाका प्रधानमन्त्री काजा कल्लासलाई ईयूको अबको विदेश मामिला प्रमुखमा छानिएको र पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनिओ कोस्टालाई ईयू समिटको अध्यक्ष छानिएको जनाइएको छ ।

युरोपेली संसद्ले अर्को महिना उनीहरूको नियुक्तिलाई अनुमोदन गर्नेछ ।

बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्