site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा हात्ती मृत फेला
Argakhachi Cement Island Ad

झापा । मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार धरधरे टोल सुकेनिन्दा खोलाकिनारमा मत्ता हात्ती मृत फेला परेको हो । 

स्थानीयले खोलामा मरेको हात्ती देख्नेबित्तिकै जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए । खबर प्राप्त हुनासाथ ती निकायको संयुक्त टोली खोला किनारमा पुगेको हो । 

झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले मृत हात्तीको परीक्षणका लागि कोसीटप्पु वन्यजन्तु आरक्षबाट पशुविशेषज्ञ टोली आउने बताए । रासस

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्