site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चीनका उपविदेशमन्त्री सुन र राष्ट्रपति पौडेलबीच भेटवार्ता 

काठमाडौं । चीनका उपविदेशमन्त्री सुन वेइदोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । 

राष्ट्रपति निवासमा आज भएको भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन सुन सोमबार नेपाल आएका थिए । 
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्