site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारले बजेट शतप्रतिशत कार्यान्वयन गरेर देखाउनुपर्छ : बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्न लाग्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको सन्दर्भमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले बजेटलाई शतप्रतिशत कार्यान्वनय गर्न सरकारले सामर्थ्य देखाउनुपर्ने बताए ।

उनले आएका सुझावहरूलाई अब आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणका बेलामा समेटेर अगाडि बढ्ने बताए ।

"यसपटक जुन बजेट पारित भएको छ, यसलाई शतप्रतिशत कार्यान्वयन गर्नका लागि यो सरकार लाग्छ, हामी लाग्छौँ । अबको चुनौती भनेको बजेट कार्यान्वयनको हो," उनले भने ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्