site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतमा सभामुखका निम्ति भिड्दै बिरला र सुरेश
तस्बिर : एएनआई ।

नयाँ दिल्ली । भारतमा लोकसभाको सभामुख पदका निम्ति सत्ता गठबन्धन एनडीएबाट पहिलाकै सभामुख ओम बिरलालाई पुनः उमेदवार बनाइएको छ । एनडीएका २९२ सांसद छन् ।

विपक्षी इन्डिया गठबन्धनबाट के सुरेशलाई सभामुखको उमेदवार बनाइएको छ । विपक्षमा २३४ सांसद छन् ।

भारतको इतिहासमै पहिलोपटक सभामुख पदका निम्ति चुनाव हुन लागेको जनाइएको छ । सभामुख पदमा यसअघि सधैँ सर्वसम्मत हुँदै आएको थियो । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्