site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक जारी

काठमाडौं । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक जारी छ । काठमाडौंको मेरियट होटेलमा बैठक चलिरहेको छ ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले  गरेकी छन् भने चीनको नेतृत्व उपविदेशमन्त्री सुन वेइदोङले गरेका छन् । बैठकमा सहभागी हुन चीनका उपविदेशमन्त्री वेइदोङ सोमबार काठमाडौं आएका हुन् ।

बैठकमा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्