site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नवीकरणीय ऊर्जा तथा दक्षतासम्बन्धी विधेयक राष्ट्रियसभामा पेस
फाइल तस्बिर ।

काठमाडौं । नवीकरणीय ऊर्जा तथा दक्षतासम्बन्धी विधेयक, २०८१ राष्ट्रियसभामा पेस गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आइतबार उक्त विधेयक पेस गरेका हुन् ।

नवीकरणीय ऊर्जाको उत्पादन र विकास गर्दै नागरिकका आधारभूत आवश्यकताका निम्ति सुलभ मूल्यमा त्यो आपूर्ति निश्चित हुने उनले उल्लेख गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्