site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बंगलादेशका २५ जिल्लामा फैलिए विषालु सर्प  

ढाका । बंगलादेशमा विषालु सर्पको टोकाइबाट मृत्यु हुने क्रम बढेको । त्यसको उपचारको लागि त्यहाँका स्वास्थ्य केन्द्र र अस्पताललाई एन्टी भेनमलाई स्टक राख्न निर्देशन दिएको छ । त्यहाँका स्वास्थ्यमन्त्री रडा सामन्तालाल सेनले सर्पले टोकेका बिरामीलाई जतिसक्दो चाँडो अस्पतालमा लैजान आग्रह गरेका छन् ।

बंगलादेशको ग्रामीण भेगमा सर्पले टोकेका बिरामी बढेको समाचार सार्वजनिक भइरहेका छन् । खासगरी दक्षिण एसियामा पाइने रसेल भाइपर नामको सर्पको बिगबिगी सो क्षेत्रमा भएको जनाइएको छ । सन् २०२३ मा बंगलादेशमा सर्पको टोकाइबाट सात हजार मानिसको मृत्यु भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

वैज्ञानिकहरूका अनुसार सो सर्प सुक्खा स्थानमा बस्ने भए पनि विभिन्न मौसमलाई त्यसले आफू अनुकूल बनाउने गरेका छन् । त्यसखालका सर्प अहिले बंगलादेशका २५ जिल्लामा फैलिएको उनीहरूको भनाइ छ । बीबीसी

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्