site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपालाई लिङ्देनको सुझाव : जनताले देखाएको आशा र भरोसामा धोका नहोस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले देखाएको आशा र भरोसामा धोका हुने काम नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएका छन् ।

शुक्रबार रास्वपाको दोस्रो स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित चियापान कार्यक्रममा उनले नेपाली राजनीतिमा नयाँ दलको रूपमा स्थापित रास्वपाले धेरै प्रगति गरेको भन्दै यस्तो सुझाव दिएका हुन् ।

उनले अहिले पनि संसद्‌मा पुरानै दल हावी भएको अवस्थामा मुख्य नेताहरूले गरेको निर्णयको भारी सबै सांसदले बोक्नुपर्ने अवस्था विद्यमान नै रहेको धारणा राखे । संसद्‌मा पुरानो प्रवृति अहिले पनि रहेकाले कुनै पनि सांसदले आफ्नो स्वःविवेकले निर्णय गर्न नसक्ने जिकिर गरे ।

 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्