site stats
बाह्रखरी :: Baahrakhari
देश
योजना आयोगको उपाध्यक्षमा सोहन साह नियुक्त

जनकपुर । मधेस प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सो हन साह नियुक्त गरेको छ । आज मुख्यमन्त्री सतिश सिंहले उनलाई नीति तथा योजना आयोगमा नियुक्त गरेका छन् ।

 साहले आजै पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका छन् ।

साह यसअघि जनमत पार्टी सरकारमा रहँदा नीति तथा योजना आयोगको सदस्य थिए । जनमतले माघ ७ गते सरकार छाडेपछि तत्कालीन सरकारले साहलाई बर्खास्त गरेको थियो । रासस

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्