site stats
बाह्रखरी :: Baahrakhari
खेल
डी ककको अर्धशतकमा दक्षिण अफ्रिकाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत सुपर–८ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ ।

बुधबार नर्थ साउन्डमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९४ रनको योगफल खडा गरेको हो । 

दक्षिण अफ्रिकाका ओपनर डी ककले आक्रामक ब्याटिङ गर्दै ४० बलमा सात चौका र पाँच छक्कासहित ७४ रन बनाए । कप्तान आइदेन मार्करमले ४६ रन बनाए । हेनरिक क्लासेनले ३६, ट्रिस्टान स्टुब्सले २० र रिजा हेन्ड्रिक्सले ११ रन जोडे ।

अमेरिकाका सौरभ नेत्राभाल्कर र हर्मित सिंहले समान दुई विकेट लिए ।

प्रतियोगितामा अमेरिका समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै र दक्षिण अफ्रिका ‘डी’ को शीर्ष स्थानमा रहँदै सुपर–८ मा आएका हुन् ।
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  २१:५३
प्रतिक्रिया दिनुहोस्