site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं । पानीपोखरीस्थित शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टर प्रा.लि र प्रभु बैंक लिमिटेडबीच ग्राहक तथा कर्मचारीहरूलाई छुट दिने सम्झौता भएको छ । यो सम्झौतासँगै शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टरका सेवा सुविधामा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई  छुट पाउनेछन् ।

एक कार्यक्रम आयोजना गरेर शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टरका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंकका तर्फबाट चिफ प्रोभिन्स अफिसर, वाग्मती प्रदेश दिपेन्द्र बाबु बिष्टले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टरमा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५ प्रतिशत, इन–हाउस स्पेसलाइजेसनमा २० प्रतिशत, आउटसोर्समा १० प्रतिशत र एक्स–रे, यूएसजी, ईसीजी, ईसीएचओ सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेस गर्नुपर्नेछ ।

हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०६ शाखा कार्यालय, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्