site stats
बाह्रखरी :: Baahrakhari
देश
महानगर घेराउ गर्न पुगेका कबाड व्यवसायी र प्रहरीबीच झडप

काठमाडौं । रिङरोडभित्रका कबाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका कबाड व्यवसायी र प्रहरीबीच झडप भएको छ ।

मंगलबार दिउँसो उनीहरूले काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न खोजेका थिए । तर, उनीहरूलाई प्रहरीले रोकेपछि झडपको स्थिति सिर्जना भएको हो । प्रहरीले अगाडि बढ्न नदिएपछि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले हस्तक्षेप गरेको हो । झडपका कारण केही प्रदर्शनकारी घाइते भएका छन् ।

कबाड व्यवसायी संघर्ष समितिको अगुवाइमा प्रदर्शन गरिएको हो । उनीहरूले आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन थालिएको प्रदर्शन गर्नुपरेको बताएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्