site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकारी प्रकरण : संसदीय छानबिन समितिको बैठक जारी

काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको बैठक बसिरहेको छ । 

नयाँबानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा छानबिन समितिको बैठक बसिरहेको समिति सचिव बबिता मिश्रले जानकारी दिइन् । ‘छानबिन समितिको बैठक बसिरहेको छ,” उनले भनिन् । 

सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न एमालेका सांसद सूर्य थापा नेतृत्वमा गठित समितिको बैठक बसिरहेको हो । 

सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै गत जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ । 

समितिमा एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट धुव्रबहादुर प्रधान सदस्य छन् ।
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्