site stats
बाह्रखरी :: Baahrakhari
खेल
अनिल साह २७ रन बनाएर आउट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले अनिल साहलाई तेस्रो विकेटको रुपमा गुमाएको छ ।

शनिबार सेन्ट भिन्सेन्टमा जारी खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले १३.४ ओभरमा अनिल साहलाई गुमाएको हो । अनिलले २४ बलमा तीन चौका र एक छक्कासहित २७ रन बनाए ।

जारी खेलको १४ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर ८६ रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्