site stats
बाह्रखरी :: Baahrakhari
खेल
वर्षाका कारण खेल रद्द हुँदा अमेरिका सुपर–८ मा, पाकिस्तान समूह चरणबाटै बाहिरियो

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत वर्षाका कारण आयरल्यान्डविरुद्धको खेल रद्द हुँदा अमेरिका समूह ‘ए’ बाट सुपर–८ मा प्रवेश गर्ने दोस्रो टिम बनेको छ ।

शुक्रबार सेन्ट्रल ब्राडवार्ड रिजनल पार्क रंगशालामा हुने तय भएको खेल वर्षाका कारण टससमेत नभई रद्द भएपछि अमेरिकाले सुपर–८ मा स्थान निश्चित गरेको हो । खेल रद्द हुँदा दुवै टिमले समान एक अंक बाँडेका हुन् ।

चार खेलबाट पाँच अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहँदै आगामी चरणमा प्रवेश गरेको हो । यस्तै, तीन खेलबाट एक अंकसहित पुछारमा रहेको आयरल्यान्ड पनि समूह चरणको अन्तिम खेल अगावै बाहिरिएको छ ।

यो समूहबाट भारत र अमेरिकाले आगामी चरणको यात्रा तय गर्दा सन् २००९ को विजेतासमेत रहेको पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको छ । तीन खेलबाट दुई अंक जोडेको पाकिस्तान तालिकाको तेस्रो स्थानमा छ । पाकिस्तानले पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा र दोस्रो खेलमा भारतसँग ६ रनको हार बेहोरेको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  २३:४७
प्रतिक्रिया दिनुहोस्