site stats
बाह्रखरी :: Baahrakhari
खेल
पाकिस्तानले गुमायो चौथो विकेट, रिजवान ३१ रन थपेर आउट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा भारतविरुद्ध पाकिस्तानले मोहम्मद रिजवानलाई चौथो विकेटको रूपमा गुमाएको छ ।

आइतबार न्यूयोर्कमा भारतले दिएको १२० रनको लक्ष्य पछ्याइरहेको पाकिस्तानले रिजवानलाई ओभरमा १४.१ लाई ३१ रनमा गुमाएको हो । रिजवानलाई भारतका जसप्रित बुमराहले बोल्ड गरे ।

जारी खेलको १४.३ ओभर सकिँदा पाकिस्तानले चार विकेट गुमाएर ८० रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले १९ ओभरमा सबै विकेट गुमाएर ११९ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ००:५२
प्रतिक्रिया दिनुहोस्