site stats
बाह्रखरी :: Baahrakhari
खेल
पाकिस्तानले गुमायो तेस्रो विकेट, फखर १३ रन थपेर आउट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा भारतविरुद्ध पाकिस्तानले फखर जमानलाई तेस्रो विकेटको रूपमा गुमाएको छ ।

आइतबार न्यूयोर्कमा भारतले दिएको १२० रनको लक्ष्य पछ्याइरहेको पाकिस्तानले जमानलाई ओभरमा १२.२ लाई १३ रनमा गुमाएको हो । जमानलाई भारतका हार्दिक पन्ड्याले विकेटकिपर ऋषब पन्तबाट क्याच गराए ।

जारी खेलको १२.४ ओभर सकिँदा पाकिस्तानले तीन विकेट गुमाएर ७३ रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले १९ ओभरमा सबै विकेट गुमाएर ११९ रनको योगफल खडा गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ००:४२
प्रतिक्रिया दिनुहोस्