site stats
बाह्रखरी :: Baahrakhari
खेल
भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित 

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ ।

आइतबार न्यूयोर्कमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले एक ओभर ब्याटिङ गर्दा वर्षा भएपछि खेल रोकिएको हो । एक ओभरको खेल हुँदा भारतले विकेट नगुमाई आठ रन बनाएको छ ।

वर्षाकै कारण खेलको टस करिब १५ मिनेट ढिलो भएको थियो ।

प्रतियोगिताको समूह ‘ए’मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा सहआयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ ।

भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका कारण प्रतियोगिताको सुपर–८ पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तान आज जितको दबाबमा छ ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २१:२१
प्रतिक्रिया दिनुहोस्