site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सबैको जवाफ दिँदै जाने हो भने मेरो काम नै हुँदैन : गृहमन्त्री लामिछाने

विराटनगर ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सबैको जवाफ दिँदै जाने हो भने आफ्नो अरू काम नै नहुने बताएका छन् ।  राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीमा सहभागी हुन विराटनगर आउने क्रममा विमानस्थलमा पत्रकारसँग उनले जसले जे–जे भन्छ, त्यसको जवाफ दिँदै जाने हो भने आफ्नो केही काम नै नहुने बताएका हुन् । 

सहकारीबारे सोधिएको प्रश्नमा जवाफ दिँदै मन्त्री लामिछानेले भने, “जसले जे भन्छ, त्यसको जवाफ दिँदै हिँड्ने हो भने त मेरो अरु कामै रहँदैन ।” 

अरुको भन्दा पनि आफ्नै प्रश्न सोध्न पत्रकारलाई सुझाव दिँदै उनले भने, “प्रश्नको जवाफ दिँदै म हिँड्दिनँ । तपाइँहरूको आफ्नै प्रश्नहरू भइदिए पनि हुन्थ्यो । कसैले खडा गरिदिएको प्रश्नमा महिनौँ दिनसम्म सोधिरहनुभन्दा तपाइँहरूका आफ्नै प्रश्न भइदिए हुन्थ्यो ।”

गोष्ठीमा झापा, मोरङ र सुनसरीका निकायका प्रमुख, राजस्व, भन्सार प्रमुखहरू सहभागी छन् । यसमा भन्सार विभाग, राजस्व अनुसन्धान कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय, कोसी प्रदेश प्रहरी कार्यालय र सशस्त्र प्रहरी गणको समसामयिक विषयमा प्रस्तुती हुने कार्यक्रम छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्