site stats
बाह्रखरी :: Baahrakhari
देश
६९ जिल्लामा देखियो डेंगी, काठमाडौं र झापा ‘रेड जोन’मा

काठमाडौं । सन् २०२४ को सुरूदेखि जुन पहिलो सातासम्म देशभरका ६९ जिल्लामा डेंगी संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले यही जुन ५ सम्म ६९ जिल्लामा डेंगी पुष्टि भइ एक हजार १०५ जनामा संक्रमण देखिएको जनाएको छ ।

संक्रमितमध्ये सबैभन्दा धेरै ३४.८ प्रतिशत वाग्मती र २३.९ प्रतिशत कोसी प्रदेशका छन् । ईडीसीडीका अनुसार, काठमाडौंमा सबैभन्दा धेरैमा संक्रमण भएको छ । 

यो अवधिमा काठमाडौंमा ११२, झापामा १०९, चितवनमा ७३, मकवानुरमा ५८ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

मुगु, डोल्पा, जुम्ला, बैतडी, मनाङ, मुस्ताङ, सिरहामा भने यो वर्ष हालसम्म डेंगी रेडर्क नभएको ईडीसीडीले जनाएको छ ।

सन् २०२३ मा नेपालमा ५२ हजार ७०० जनामा डेंगी पुष्टि भएको थियो । डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्