site stats
बाह्रखरी :: Baahrakhari
खेल
पाकिस्तानले अमेरिकालाई दियो १६० रनको लक्ष्य 

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा पाकिस्तानले अमेरिकालाई १६० रनको लक्ष्य दिएको छ ।

बिहीबार अमेरिकाको टेक्सासस्थित ड्यालसमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको हो । 

पाकिस्तानबाट कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाए । उनले ४३ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । २६–३ को अवस्थाबाट आजमले सदाब खानसँग ७२ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङ उकासेका थिए । 

सदाबले २५ बलमा एक चौका र तीन छक्कासहित ४० रन थपे । साहिन साह अफ्रिदीले २३ र इफ्तिखर अहमेदले १८ रन बनाए । 

अमेरिकाका नोस्थुस केन्जिगेले तीन विकेट लिए । सौरभ नेत्राभाल्करले दुई विकेट लिँदा अली खान र जसदीप सिंहले समान एक विकेट लिए ।

प्रतियोगितामा अमेरिकाको दोस्रो खेल हो । अमेरिकाले यसअघि पहिलो खेलमा क्यानडाविरुद्ध सात विकेटको जित निकालेको थियो । पाकिस्तानको भने जारी विश्वकपको यो पहिलो खेल हो ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  २३:०७
प्रतिक्रिया दिनुहोस्