site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बजेटको मन्त्रालयगत छलफल जेठ २७ गतेदेखि

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमाथिको मन्त्रालयगत छलफल यही जेठ २७ गतेबाट सुरू हुने भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुखको आसनमा आसिन उपसभामुख इन्दिरा रानाले यही जेठ २७ देखि असार ४ गतेसम्म मन्त्रालयगत छलफल गर्नका लागि मिति छुट्टयाइएको जानकारी दिइन् । 

यसअघि बिहीबारकै बैठकबाट विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्