site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकारी प्रकरण :  छानबिन समितिले दियो कार्यविधि मस्यौदाको जिम्मा सचिवालयलाई 

काठमाडौं । सहकारीको बचत रकम दुरूपयोग सम्बन्धमा बनेको संसदीय छानविन विशेष समितिको पहिलो बैठक सकिएको छ । सभामुख देवराज घिमिरेसहित संघीय संसद्को शंकर हलमा बुधबार बसेको बैठक सकिएको हो । 

अर्को बैठक शुक्रबार बस्ने तय भएकाे समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए । “आजलाई बैठक सकियो । शुक्रबार (पर्सी) दोस्रो बैठक बस्छौँ । कार्यविधिको मस्यौदा ल्याउने जिम्मा सचिवालयलाई दिइएको छ । आजको बैठकमा कार्यविभाजनको अलिअलि काम भयो,” उनले भने । 

गएको जेठ १५ गते सहकारीको बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको हो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्