site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालका अभिनाश बोहराले लिए चौथो विकेट 

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालका अभिनाश बोहराले चौथो विकेट लिएका छन् । 

अमेरिकाको टेक्सासस्थित ड्यालसमा जारी खेलमा नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १५.२ ओभरमा चौथो विकेट गुमाएको हो । नेपालका अभिनाश बोहराले डच टिमका कप्तान स्कट एड्वार्ड्सलाई बोल्ड गरे । एड्वार्ड्सले पाँच रन बनाए ।

जारी खेलको १५.२ ओभर समाप्त हुँदा नेदरल्यान्ड्स चार विकेट गुमाएर ८० रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङा आएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ००:५६
प्रतिक्रिया दिनुहोस्