site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालले लियो तेस्रो विकेट, रनआउट भए एन्गलब्रेट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।

अमेरिकाको टेक्सासस्थित ड्यालसमा जारी खेलमा नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १३.१ ओभरमा दोस्रो विकेट गुमाएको हो । नेपालका सोमपालले गरेको ओभरमा डच टिमका साइब्रान्ड एन्गलब्रेट रनआउट भए । एन्गलब्रेटले १४ रन बनाए ।

जारी खेलको १३.२ ओभर समाप्त हुँदा नेदरल्यान्ड्स तीन विकेट गुमाएर ७२ रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङा आएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ००:४०
प्रतिक्रिया दिनुहोस्