site stats
बाह्रखरी :: Baahrakhari
खेल
विश्वकपको दुई संस्करणमा विकेट लिने पहिलो नेपाली बलर बने सोमपाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउन्डर सोमपाल कामी आईसीसी ट्वान्टी–२० विश्वकपको दुई संस्करणमा विकेट लिने नेपालको पहिलो बलर बनेका छन् । 

सोमपालले आईसीसी ट्वान्टी–२० विश्वकप–२०२४ मा नेदरल्यान्ड्सका माइकल लेभिटलाई आउट गरेसँगै यो कोसेढुंगा पार गरेका हुन् ।

नेपालबाट विश्वकपको दुई संस्करण खेल्ने एकमात्र खेलाडी सोमपालले यसअघि सन् २०१४ मा तीन खेलमा चार विकेट लिएका थिए । विश्वकपको उक्त संस्करणमा सोमपालले हङकङ र अफगानिस्तानविरुद्ध समान दुई विकेट लिएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २३:५१
प्रतिक्रिया दिनुहोस्